नेपाली अडियो बाइबल | परमेश्‍वरको वचन पढ्नुहोस् र सुन्नुहोस्

सुरुमा परमेश्‍वरले वचन बोल्नुभयो, र संसार बन्यो। त्यही वचन उत्पत्तिदेखि प्रकाशसम्म बाइबलका हरेक पुस्तकमा यहाँ तपाईंलाई पर्खिरहेको छ — पढ्न निःशुल्क, र ठूलो स्वरमा पढिएको सुन्न पनि निःशुल्क।

आदिमा वचन हुनुहुन्थ्यो र वचन परमेश्‍वरसँग हुनुहुन्थ्यो। अनि वचन परमेश्‍वर हुनुहुन्थ्यो। आदिमा उहाँ परमेश्‍वरसँग हुनुहुन्थ्यो। सबै कुराहरू उहाँद्वारा बनिए; बनाइएका कुराहरूमध्ये कुनै पनि उहाँविना बनिएन। उहाँमा जीवन थियो, र त्यो जीवन मानिसहरूको ज्योति थियो। ज्योति अन्धकारमा चम्कन्छ, तर अन्धकारले त्यसलाई चिनेको छैन। (यूहन्‍ना 1:1-5)

सुसमाचार

तिमीहरू लगनशील भई धर्मशास्त्रमा खोजी गर्दछौ। किनकि तिमीहरूले त्यसद्वारा तिमीहरूलाई अनन्त जीवन मिल्छ भनी विचार गर्दछौ। ती धर्मशास्त्रहरूले नै मेरो विषयमा गवाही दिन्छन्, — यूहन्‍ना 5:39

अनि मोशा र अगमवक्ताहरूबाट सुरु गरेर उहाँले सम्पूर्ण धर्मशास्त्रमा आफ्नो विषयमा लेखिएका सबै कुराहरूको अर्थ तिनीहरूलाई व्याख्या गरिदिनुभयो। — लूका 24:27

वचन देहधारी हुनुभयो, र हाम्रा बीचमा बास गर्नुभयो। हामीले उहाँको महिमा देखेका छौँ, अर्थात् पिताबाट आउनुभएको अद्वितीय पुत्रको महिमा, जो अनुग्रह र सत्यताले पूर्ण हुनुहुन्छ। — यूहन्‍ना 1:14

“तर तँचाहिँ, हे बेथलेहेम एप्राता, यद्यपि तँ यहूदाको घरानामा सबैभन्दा सानो छस्, तर तँबाट मेरा निम्ति एक जना निस्केर आउनुहुनेछ, जसले इस्राएलमाथि शासन गर्नुहुनेछ, जसको सुरु पुरानो समयदेखि, प्राचीनकालदेखि नै छ।” — मीका 5:2

किनकि परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना अद्वितीय पुत्रलाई बलिदानका लागि दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्। किनकि परमेश्‍वरले संसारलाई दोषी ठहराउनका निम्ति आफ्ना पुत्रलाई संसारमा पठाउनुभएको होइन, तर उहाँद्वारा संसारलाई बचाउन पठाउनुभयो। — यूहन्‍ना 3:16-17

किनकि मानिसको पुत्र हराएकालाई खोज्न र बचाउन आएको हो।” — लूका 19:10

फेरि मानिसहरूसँग बोल्नुहुँदा येशूले भन्‍नुभयो, “म संसारको ज्योति हुँ। जसले मलाई पछ्याउँछ, त्यो कहिल्यै अँध्यारोमा हिँड्‍डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ।” — यूहन्‍ना 8:12

किनकि सबैले पाप गरेका छन्, र परमेश्‍वरको महिमाबाट टाढा भएका छन्; — रोमी 3:23

किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्‍वरको वरदान ख्रीष्‍ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो। — रोमी 6:23

तर परमेश्‍वरले हामीप्रति आफ्नो प्रेम यसरी दर्शाउनुहुन्छ: हामी पापी छँदै ख्रीष्‍ट हाम्रा निम्ति मर्नुभयो। — रोमी 5:8

तर ऊ त हाम्रै अधर्महरूका निम्ति छेडियो। ऊ हाम्रा अपराधहरूका निम्ति कुल्चियो; हामीमा शान्ति ल्याउने ताडना उसमाथि पर्‍यो; अनि उसका चोटहरूले हामी निको भयौँ। हामी सबै भेडाहरूझैँ बरालिएका छौँ; हामी प्रत्येक आ-आफ्नै बाटो लागेका छौँ। याहवेहले उसैमाथि हामी सबैका अपराधहरू राखिदिनुभएको छ। — यशैया 53:5-6

परमेश्‍वरको अनुग्रहको प्रशस्तताअनुसार ख्रीष्‍टको रगतद्वारा हामीले उहाँमा उद्धार र पापहरूको क्षमा पाएका छौँ। — एफिसी 1:7

“हे सबै थाकेका र बोझले दबिएकाहरू हो, मकहाँ आओ, र म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा आफूमाथि राख, र मबाट सिक; किनकि म नम्र र कोमल हृदयको छु, र तिमीहरूले आफ्ना आत्माको लागि विश्राम पाउनेछौ। किनकि मेरो जुवा सजिलो र मेरो भारी हलुको छ।” — मत्ती 11:28-30

“असल गोठालो म नै हुँ। असल गोठालाले आफ्ना भेडाहरूका निम्ति आफ्नो प्राण अर्पण गर्दछ। — यूहन्‍ना 10:11

अनन्त जीवन यही हो: तिनीहरूले तपाईं एक मात्र सत्य परमेश्‍वरलाई र तपाईंले पठाउनुभएको येशू ख्रीष्‍टलाई चिनून्। — यूहन्‍ना 17:3

येशूले भन्‍नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन। — यूहन्‍ना 14:6

किनकि तिमीहरूले विश्‍वासद्वारा अनुग्रहले मुक्ति पाएका छौ; अनि यो मुक्ति तिमीहरू आफैँबाट आएको होइन, तर यो परमेश्‍वरको वरदान हो। यो कर्महरूबाट होइन, नत्रता मानिसले घमण्ड गर्नेछ। — एफिसी 2:8-9

तर जतिले उहाँलाई ग्रहण गरे, र उहाँको नाममाथि विश्‍वास गरे, तिनीहरू सबैलाई उहाँले परमेश्‍वरका सन्तान हुने अधिकार दिनुभयो। — यूहन्‍ना 1:12

म यहाँ छु! म ढोकामा उभिएर घचघच्याउँछु। यदि कसैले मेरो आवाज सुन्छ र ढोका खोल्छ भने म त्यसकहाँ भित्र आउनेछु; अनि त्यससित भोजन खानेछु, र त्यसले मसित खानेछ। — प्रकाश 3:20

किनकि “प्रभुको नाम पुकार्ने हरेक मानिसले उद्धार पाउनेछ।” — रोमी 10:13

“तर त्यो कर उठाउने मानिस टाढै उभियो। त्यसले स्वर्गतिर हेर्ने आँट पनि नगरी छाती पिट्दै यसो भन्यो, ‘हे परमेश्‍वर, ममाथि दया गर्नुहोस्, म पापी हुँ।’ — लूका 18:13

यदि तिमीले, “येशू नै प्रभु हुनुहुन्छ,” भनी मुखले स्वीकार गर्छौ भने, र परमेश्‍वरले उहाँलाई मरेकाबाट पुनर्जीवित पार्नुभयो भनी हृदयमा विश्‍वास गर्छौ भने तिम्रो उद्धार हुनेछ। — रोमी 10:9

नेपाली अडियो बाइबलका पुरानो करारका पुस्तकहरू

पूराछोटोसङ्क्षिप्तएकल
उत्पत्तिउत्पत्ति
प्रस्थानप्रस्थान
लेवीलेवी
गन्तीगन्ती
व्यवस्थाव्यवस्था
यहोशूयहोशू
न्यायकर्तान्यायकर्ता
रूथरूथ
1 शमूएल1 शमूएल
2 शमूएल2 शमूएल
1 राजा1 राजा
2 राजा2 राजा
1 इतिहास1 इतिहास
2 इतिहास2 इतिहास
एज्राएज्रा
नहेम्याहनहेम्याह
एस्तरएस्तर
अय्यूबअय्यूब
भजनसंग्रहभजन
हितोपदेशहितोपदेश
उपदेशकउपदेशक
श्रेष्ठगीतश्रेष्ठगीत
यशैयायशैया
यर्मियायर्मिया
विलापविलाप
इजकिएलइजकिएल
दानियलदानियल
होशेहोशे
योएलयोएल
आमोसआमोस
ओबदियाओबदिया
योनायोना
मीकामीका
नहूमनहूम
हबकूकहबकूक
सपन्याहसपन्याह
हाग्गैहाग्गै
जकरियाजकरिया
मलाकीमलाकी

नेपाली अडियो बाइबलका नयाँ करारका पुस्तकहरू

पूराछोटोसङ्क्षिप्तएकल
मत्तीमत्ती
मर्कूसमर्कूस
लूकालूका
यूहन्नायूहन्ना
प्रेरितप्रेरित
रोमीरोमी
1 कोरिन्थी1 कोरिन्थी
2 कोरिन्थी2 कोरिन्थी
गलातीगलाती
एफिसीएफिसी
फिलिप्पीफिलिप्पी
कलस्सीकलस्सी
1 थिस्सलोनिकी1 थिस्सलोनिकी
2 थिस्सलोनिकी2 थिस्सलोनिकी
1 तिमोथी1 तिमोथी
2 तिमोथी2 तिमोथी
तीतसतीतस
फिलेमोनफिलेमोन
हिब्रूहिब्रू
याकूबयाकूब
1 पत्रुस1 पत्रुस
2 पत्रुस2 पत्रुस
1 यूहन्ना1 यूहन्ना
2 यूहन्ना2 यूहन्ना
3 यूहन्ना3 यूहन्ना
यहूदायहूदा
प्रकाशप्रकाश

मुख्य शब्दहरू:

नेपाली अडियो बाइबल
अडियो बाइबल नेपाली
नेपाली बाइबल अडियो
नेपाली बाइबल सुन्नुहोस्
बाइबल सुन्नुहोस्
नेपाली बाइबल अनलाइन
नेपाली बाइबल पढ्नुहोस्
अनलाइन बाइबल नेपाली
निःशुल्क नेपाली बाइबल
नेपाली बाइबल फ्री
नेपाली बाइबल mp3
बाइबल mp3 नेपाली
नेपाली बाइबल डाउनलोड
नेपाली अडियो बाइबल डाउनलोड
अफलाइन नेपाली बाइबल
नेपाली बाइबल एप
नेपाली बाइबल app
पवित्र बाइबल नेपाली
नेपाली समकालीन संस्करण
NCV नेपाली बाइबल
परमेश्‍वरको वचन नेपाली
नेपाली नयाँ करार
नेपाली पुरानो करार
येशू ख्रीष्टको सुसमाचार
नेपाली सुसमाचार
नेपाली बाइबल पुस्तकहरू
उत्पत्ति नेपाली बाइबल
यूहन्ना नेपाली बाइबल
भजनसंग्रह नेपाली
नेपाली बाइबल भर्स
नेपाली बाइबल अध्याय
बाइबल अडियो सुन्नुहोस् नेपाली
नेपाली ख्रीष्टियन बाइबल
नेपालीमा बाइबल
बाइबल नेपाली भाषामा
नेपाली होली बाइबल

Leave a Comment